अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका–६ बस्ने २६ वर्षीय राजेश गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–७ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुर्नवास नगरपालिका–१ पुरैना बस्ने ३८ वर्षीय कञ्चनजंग चौधरी र २२ वर्षीय अर्जुन राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ बाट अवैध लागूऔषध गाँजा करिब २२ किलोग्राम सहित सोही उपमहानगरपालिका–८ लोसण्डा बस्ने ४५ वर्षीय रामपुकार सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३ ग्राम ३ सय ६० मिलिग्राम सहित धनकुटा छथर जोरपाटी गाउँपालिका–१ बस्ने २९ वर्षीय दिलिप गजमेर (विश्वकर्मा) लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका–८ तीनकुनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ मिलिग्राम सहित सप्तरी महादेवा गाउँपालिका–२ बस्ने २२ वर्षीय मुकेश कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०५६ प ८०७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक मुकेशलाई पक्राउ गरेको हो । साथै प्रहरीले सोही मोटरसाइकलमा सवार १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ भन्सारटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित धनकुटा पाख्रिवास नगरपालिका–९ बस्ने २७ वर्षीय रोशन तिम्सिनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेका छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरवाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–८ प्रतिभा मार्गबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ हजार ५० ट्याब्लेट र मोबाइल ५ थान सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१७ घारिकुलो बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–५ घर भएका २५ वर्षीय राजेश बहादुर पौडेल, पोखरा महानगरपालिका–८ प्रतिभामार्ग बस्ने चितवन घर भएकी २३ वर्षीया रोज कुँवर, सोही महानगरपालिका–७ पुरानो एयरपोर्ट बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–५ घर भएका २८ वर्षीय मनोज रेग्मी र पोखरा महानगरपालिका–१७ घारिकुलो बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–२ घर भएका २८ वर्षीय राज बहादुर पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग.१७ प ७२३३ नम्बर र ग.१४ प ३३५९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५० ट्याब्लेट र मोबाइल १ थान सहित सोही महानगरपालिका–१८ लामागाउँ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–२ घर भएका २६ वर्षीय सुजिव शाक्यलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.७ प ८५५७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया