बुधबार, असार ४, २०८२

एक अंकले घट्दा नौ अर्ब आठ करोडको शेयर किनबेच

नेपालखोज २०८२ असार ४ गते १५:३६

काठमाडौं । नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन तीन दशमलव ९० अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज बुधवार पनि एक दशमलव शून्य सात अंकले घटेर २६ सय ५३ दशमलव ६८ अंकमा झरेको छ ।

क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव शून्य एक अंकले बढेर चार सय ५२ दशमलव ४९ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरूको ६८ हजार १३ पटकको कारोबारमा दुई करोड ३४ लाख ४६ हजार नौ सय ४९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौ अर्ब आठ करोड ५८ लाख ८६ हजार आठ सय ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा पाँच वटा समूहहरूको सूचक बढेर बाँकी समूहहरूको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ६२ अंकले घटेर १३ सय ४५ दशमलव ८६ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ६८ दशमलव २८ अंकले घटेर पाँच हजार तीन सय ७७ दशमलव १९ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि ११  दशमलव २४ अंकले घटेर २३ सय ८७ दशमलव १३  अंकमा झरेकेमा निर्जीवन बिमा समूहको सूचक पनि ७५ दशमलव ८९ अंकले घटेर १२ हजार ८३ दशमलव ६४ अंकमा झरेको छ । यी बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार समूहको सूचक पनि क्रमशः ८० दशमलव ५७, शून्य दशमलव शून्य दुई, २५ दशमलव ६४ र छ दशमलव ५३ अंकले घटेका छन् ।

जलविद्युत समूहको सूचक भने २७ दशमलव चार अंकले बढेर तीन हजार छ सय ७६ दशमलव पाँच अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि १८ दशमलव ५६ अंकले बढेर १२ हजार सात सय ४९ दशमलव २७ अंकमा चढेको छ । यसै गरी उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः २६ दशमलव ६६, २८, शून्य दशमलव शून्य छ र चार दशमलव ५६ अंकले बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा पियोर इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसै गरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ ।  

प्रतिक्रिया