बिहीबार, असार ५, २०८२

२४.७६ अंकले घट्दा ११ अर्ब २३ करोडको शेयर किनबेच

नेपालखोज २०८२ असार ५ गते १५:३०

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २४ दशमलव ७६ अंकले घटेर २६ सय २८ दशमलव ९१ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१४ वटा कम्पनीहरुको एक लाख २१ हजार पाँच सय ५१ पटकको कारोबारमा दुई करोड ९४ लाख १५ हजार चार सय सात कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब २३ करोड २४ लाख ८९ हजार नौ सय ६४ रुपैंयाँ ८० पैसा पुगेको छ ।

नेप्सेम आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव ७६ अंकले घटेर १३ सय ३९ दशमलव १० अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ६० दशमलव २६ अंकले घटेर पाँच हजार तीन सय १६ दशमलव ९३ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक पनि २२ दशमलव ३० अंकले घटेर २३ सय ६४ दशमलव ८३ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि ४९ दशमलव ५७ अंकले घटेर ३६ सय २६ दशमलव ४७ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समूहको सूचक पनि ५२ दशमलव ५४ अंकले घटेर १२ हजार छ सय ९६ दशमलव ७२ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ४१ दशमलव ५५ अंकले घटेर १२ हजार ४२ दशमलव आठ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ६७ दशमलव ६१, शुन्य दशमलव ८१, ७३ दशमलव २३, ५० दशमलव ५१, शुन्य दशमलव शुन्य पाँच, २५ दशमलव ८८ र एक सय चार दशमलव ९४ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमायने पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पियोर इर्नर्जी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ ।

प्रतिक्रिया