शुक्रबार, असार ६, २०८२

आई.एम.ई. डिजिटल र खल्ती एक आपसमा गाभिई ‘आईएमई खल्ती लिमिटेड’ हुने

नेपालखोज २०८२ असार ५ गते १७:३६

काठमाडौं ।आई.एम.ई. डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिई “आईएमई खल्ती लिमिटेड” कायम हुने भएको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक सुचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु आई.एम.ई. डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिई साविकका संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात बन्ने संस्थामा सर्ने गरी गाभ्न/गाभिनका लागि अन्तिम स्वीकृति प्रदान भएअनुरुप दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार मिति २०८२/०४/०१ गते बिहीबारका दिन देखी एकीकृत रुपमा ‘आईएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन हुने भएकोले ‘भुक्तानी तथा फछर्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उप-विनियम १३ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको हो, राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया