आइतबार, असार ८, २०८२

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपालखोज २०८२ असार ८ गते ११:१९

काठमाडौं । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ ।

शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा ५०० ले बढेको छ भने र चाँदी १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल दुई हजार १६० निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला सुन एक लाख ९४ हजार ७०० र चाँदी दुई हजार १५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया