आइतबार, असार ८, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

नेपालखोज २०८२ असार ८ गते १५:०१

काठमाडौं । रूपन्देहीको सियारी गाउँपालिका–७ कनरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९० एम्पुल, बुप्रेनोर्फिन ९० एम्पुल र प्रोमेथाजाइन ९० एम्पुल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत धौलागिरी गाउँपालिका–३ बस्ने २४ वर्षीय युवराज पुन र पाल्पा तानसेन नगरपालिका–१४ बस्ने २१ वर्षीय बिकाश ज्ञवाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले बेथरीबाट बेलबासतर्फ जाँदै गरेको लु.६२ प ११०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिमको सुनवल नगरपालिका–९ स्वाठीबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ८० ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ खैरहनी बस्ने ३३ वर्षीय लोकनाथ खवास र उनकी श्रीमती ३२ वर्षीया रिमा गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिमबाट खटिएको प्रहरीले परासीबाट सुनवलतर्फ जाँदै गरेको लु.४ प २८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ क्व्होलासोथार गाउँपालिका–७ बस्ने २२ वर्षीया नोजिना रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ७७९३ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका–७ बस्ने २० वर्षीय गंगा सागर थारू र सोही गाउँपालिका–५ बस्ने २६ वर्षीय दिपेन्द्र कुमार थारू रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९८ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेट सहित दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने १९ वर्षीय राजु पुन मगर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया