सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत संचालन गरिएको ईलेक्ट्रिसियन तालिम समापन
नेपालखोज
२०८२ असार ९ गते २०:०६
काठमाडौं । असार ९ गते सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत झापा जिल्लाको गौरीगंज गाउँपालिका–३ स्थित उद्योग वाणिज्य संघको सभाहलमा संचालन गरिएको ईलेक्ट्रिसियन तालिम समापन भएको छ ।
सोही गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यमा समापन भएको सो तालिममा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुख, स्थानीय भद्रभलाद्मी लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
सीमा ईलाकामा बसोवास गर्ने स्थानीय वासिन्दाहरुलाई लक्षित गरी संचालन गरिएको तालिमा २० जना युवाहरुको सहभागिता रहेको थियो ।
सो तालिम सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाको आयोजना र गौरीगंज गाउँपालिकाको सहजीकरण तथा बहु–प्राविधिक तालिम शिक्षालय दमकको सहकार्यमा गत चैत्र २९ गतेदेखि संचालन संचालन गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया