मंगलबार, असार १०, २०८२

एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाई

नेपालखोज २०८२ असार ९ गते २०:१८

काठमाडाैं । उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई विदाई गरिएको छ । सोमबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरि नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो ।

विदाई कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्वाले एसियन कप छनोटका लागि नेपाली टीमको तयारी निकै राम्रो भएको बताए । एएफसी एसियन कप छनोट नेपालीका लागि ठूलो मौका भएकाले यसमा राम्रो नजिता आउने गरि प्रदर्शन गर्ने उनले बताए ।

त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सावित्रा भण्डारीले एसियन कप छनोटका साथै सवै खेलाडी उत्साहित रहेको र नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे । त्यस्तै प्रशिक्षक प्याट्रिक डे वाइल्डले महिला टोलीको प्रशिक्षण निकै राम्रो भएकाले खेलमा सकारात्मक असर देखिने बताए ।

एसियन कप छनौट चरणमा नेपाल र आयोजक उज्वेकिस्तानसँगै समूह एफ मा लाओस र श्रीलंका पनि रहेका छन् । समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् ।

नेपालले लाओससँग असार १५, श्रीलंकासंग असार १८ र उज्वेकिस्तानसँग असार २१ गते खेल्नेछ । एसियन कप भने सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ ।

प्रतिक्रिया