मंगलबार, वैशाख १६, २०८२

जुलुस र भीडभाडले ठूलो क्षति निम्त्याउने चेतावनी

नेपालखोज २०७७ असोज २ गते २०:२७

काठमाडौं । सरकारले कोभिड–१९ का कारण देशको अवस्था झन् खराब हुन थालेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित ब्रिफिङका क्रममा कोभिडले देशको अवस्था थप जटिल बन्दै गएको बताएका छन् ।

दुई महिना अघि नै मन्त्रालयले भनेको कुरा अहिले पनि सर्वसाधारणले नसुनेको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

डा. गौतमले जुलुस र भीडभाडले ठूलो क्षति निम्त्याउने पनि चेतावनी दिनु भएको छ । गौतमले ६० वर्ष नाघेका र दीर्घ रोगीहरुलाई घर बाहिर ननिस्किन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया