मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता आजदेखि

महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ । मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले बुधबार जनकपुरधामामा पत्रकार सम्मेलन गरी हरेक प्रदेशबाट १२ जना खेलाडी सहभागी हुने बताए ।
मधेशको मौलिकतालाई चिनाउने खेल भएकाले यो प्रतियोगिता महत्वपूर्ण रहेको उनले उल्लेख गरे । मधेश सुगम ठाउँ रहेकाले खेलकुदलाई जोड्यो भने खेलकुदमार्फत राष्ट्रको सम्पत्तिका रूपमा धेरै खेलाडी उत्पादन गर्न सकिने उनले विचार व्यक्त गरे ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले रु ५० लाख बजेटको व्यवस्था गरेको छ ।
यस प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २५ हजार, दोस्रो हुने टोलीलाई रु २० हजार र तेस्रो हुने टोलीलाई रु १५ हजार पुरस्कार दिइने सदस्य सचिव कानुले जानकारी दिए । -रासस
प्रतिक्रिया