बिहीबार, असार १२, २०८२

पर्सामा लागु औषध दुर्व्यसनीविरुद्ध जनचेतना अभियान

नेपालखोज २०८२ असार १२ गते १३:२६

वीरगञ्ज (पर्सा) । खुला सिमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान आज समापन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा जिल्लाभरी विभिन्न खालका जनचेतनामूलुक कार्यक्रम आयोजना गरिएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तीन महिने लागुऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलुक कार्यक्रमले केही हदसम्म भए पनि लागुऔषधसम्बन्धी जनचेतना र जागरण फैलाउनलाई सहयोग गरेको बताए ।

‘यस्ता रचनामूलुक कार्यक्रम निरन्तर रुपमा भइराख्न जरुरी हुन्छ,’ उनले भने,‘यो सुरुआत मात्रै हो । प्रत्येक वर्ष लागुऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी दिवस जुन २६ तारिखका दिन मनाउने गरिन्छ । सो अभियान गत चैत २७ गते पर्साका १४ वटै पालिकाका प्रमुख, उपप्रमुखको उपस्थितिमा सुरुवात गरिएको थियो । पर्सा प्रहरीको हिरासतमा रहेकामध्ये दुई तिहाई लागूऔषध दुव्र्यसनी कसुरका व्यक्ति हिरासतमा रहने गरेका छन् ।

प्रतिक्रिया