बिहीबार, असार १२, २०८२

कामना सेवा विकास बैंकको मुद्धती खोल्ने र मुद्धती कर्जा सुविधा अब मोबाइल बैंकिङ एपमा

नेपालखोज २०८२ असार १२ गते १७:३५

काठमाडौं । देशभर डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्दै आएको कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना मुद्धती खाता भएका ग्राहकका लागि उपयोगी सुविधा सुरु गरेको छ ।

कामना सेवा विकास बैंकको मोवाईल बैंकिङ एपवाट मुद्धती खाता खोल्ने सुविधा रहिरहेकोमा अब ग्राहकहरूले आफ्नो मुद्धती खातामा रहेको रकमको आधारमा आवश्यक परेको बेला बैंकको मोबाइल बैंकिङ एप केएसआई मोवाईल मार्फत नै कर्जा आवेदन दिन सक्ने र तुरुन्तै रकम आफ्नै खातामा जम्मा गर्न सकिने भएको छ ।

यसअघि मुद्धती खाताको कर्जा लिनका लागि ग्राहकहरूले अनिवार्य रूपमा नजिकको शाखा कार्यालयमा उपस्थित भई विभिन्न कागजी प्रक्रिया पुरा गर्नुपर्ने हुन्थ्यो । तर, यस सुविधा पश्चात शाखामा नगईकनै मोबाइल एपबाटै सहज रूपमा कर्जा लिने कार्य सम्पन्न गर्न सकिने भएकोले ग्राहकको समयको बचत, सेवामा सरलता, र अनुभवमा सन्तुष्टि थपिने अपेक्षा गरिएको छ ।

व्यस्त समयमा समेत आफ्नो मुद्धतीखाताको रकम जुनसुकै वेला जुनसुकै स्थानवाट कर्जा लिन सकिने भए पश्चात कार्यालय समय पनी कुर्नु नपर्ने, बैंकको शाखा सम्म पनि पुग्नु नपर्ने भएसँगै ग्राहक प्रत्यक्ष लाभान्वीत हुन विश्वास बैंकले लिएको छ ।

ग्राहकलाई बैंकसम्म पुग्नुपर्ने वाध्यतालाई क्रमिक रुपले अन्त्य गर्ने उद्धेश्यका साथ सेवा सुविधालाई प्रविधिमैत्री वनाउदै लगिएको हो । बैंकले यस भन्दा पहिले नै अनलाईनवाट खाता खोल्न सकिने, मोवाईल बैंकिङ एप वाट नै मुद्धती खाता खोल्न सकिने व्यवस्था गरिसकेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया