अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, नुर्फिन ७ एम्पुल र डाइजेपाम ५ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सुदिप विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका–१० रङ्गशाला गेटबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन ४ एम्पुल सहित सोही महानगरपालिका–१० औद्योगिक क्षेत्र बस्ने २४ वर्षीय अर्पण बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ हजार ८ सय ८० ट्याब्लेट र ट्रामाडोल २९ हजार ट्याब्लेट सहित सर्लाही बरहथवा नगरपालिका–७ बस्ने ३० वर्षीय विक्रम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०४–००१ ज ०१५५ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको गुलरीया नगरपालिका–११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका–६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका–५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका–६ बस्ने ३३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय हरिद्वार प्रसाद कुर्मी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एम ६१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिराहाको गोलबजार नगरपालिका–६ लामा टोलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय राजन कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.३२ प ४३५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–६ पुष्पलाल चोकबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ८८ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५९ वर्षीया अमृत माया लिम्बु र इलाम, इलाम नगरपालिका–१२ स्यानाङ्बा घर भएका २० वर्षीय रोशन भट्टराई रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–४ सुनसरी पुल निजकबाट अवैध लागूऔषध गाँजा करिब ७५ किलोग्राम सहित इटहरी उपमहानगरपालिका–१० बस्ने ४५ वर्षीय सुरतलाल चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट पकलीतर्फ जाँदै गरेको को.१ ह ९५१० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक सुरतलाललाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–५ शिवालय टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय प्रकाश विक र सोही ठाउँ डेरा गरी बस्ने उदयपुर बेलका नगरपालिका–४ घर भएका ३१ वर्षीय दिनेश आले रहेका छन् । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया