जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुर्खेत । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल बस्ने दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ घर भएका ३३ वर्षीय वीरेन्द्र शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मन्टु कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
काठमाडौं महानगरपालिका–१५ डल्लु डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका–६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुनिल कुमार समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया