शनिबार, वैशाख १३, २०८२

सनराइज फस्ट म्युचुअल फण्डले ६ करोड लाभांश वितरण गर्दै

नेपालखोज २०७७ असोज ४ गते ११:४२

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फस्ट म्युचुअल फण्डले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांस गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने भएको हो ।

योजनाले इकाइधनीलाई आर्थिक वर्ष ७६/७७ का लागि करसहित ७ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख प्रतिफल वितरण गर्ने भएको छ ।फण्डले लाभांस योजनाका लागि बुक क्लोजको मिति तय गरेको जानकारी दिएको छ । उक्त लाभांश योजनाले तोकेको बुक क्लोज हुने असोज १० गतेसम्म कायम सेयरधनीहरुले पाउन सक्नेछन् ।

योजनाको अनुसार असोज ११ गते सेयरधनी दर्ता कित्ता बन्द गर्न हुनेछ ।

 

प्रतिक्रिया