आइतबार, असार १५, २०८२

एसीसी यू-१६ : नेपालीद्वारा इन्डोनेसियालाई ४२१ रन लक्ष्य

नेपालखोज २०८२ असार १५ गते १२:१७

काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप-२०२५ प्रतियोगितामा नेपालले इन्डोनेसियालाई ४२१ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

आइतबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएको हो ।

नेपालको सिनियर टोलीले पनि एकदिवसीय क्रिकेटमा यति धेरै रन बनाउन सकेको छैन । नेपालको सिनियर टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको उच्च स्कोर ३२१ रन हो ।

उक्त रन सिनियर टोलीले सन् २०२५ को जुन ८ तारिखमा खेलिएको स्कटल्यान्डविरुद्धको खेलमा बनाएको थियो । उक्त खेल हालै आईसीसी विश्वकप लिग-२ प्रतियोगिताका क्रममा स्कटल्यान्डमै खेलिएको थियो ।

प्रतिक्रिया