शनिबार, वैशाख १३, २०८२

दुई घण्टामा साढे एक अर्ब भन्दा बढीको शेयर कारोबार, रिलायन्स लाइफको सबैभन्दा बढी

नेपालखोज २०७७ असोज ४ गते १४:१६

काठमाडौं । साताको पहिलो दिन आइतवार दुई घण्टाको अवधिमा १ अर्ब ५४ करोड ११ लाख ६७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा १८१ कम्पनीको उक्त रकम बराबरको ५३ लाख १६ हजार ४१९ कित्ता शेयर कारोबार भएको हो ।

दुई घण्टामा नेप्से परिसूचक भने ५ दशमलव ५१ अंक बढेर १ हजार ५७७ दशमलव ६९ विन्दुमा पुगेको छ । कुल कारोबार रकममा सबैभन्दा बढी हिस्सा रिलायन्स लाइफको रहेको छ । रिलायन्स लाइफको दुई घण्टामा १४ करोड ५६ लाख ५७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । एक घण्टाको कारोबार अवधिसम्म १० प्रतिशतले बढेको लिवर्टीको शेयरमूल्य दुई घण्टाको कारोबारमा विक्री चाप बढेपछि १० प्रतिशत मूल्य घटेको छ । यस कम्पनीको पहिलो कारोबार प्रतिकित्ता तीन सय रूपैयाँबाट सुरु भएको हो । दुई घण्टाको अवधिसम्म यस कम्पनीको १३ हजार ९८० कित्ता शेयर विक्री आदेश देखिएको छ ।

यो अवधिसम्म खानीखोला हाइड्रोपावर र सिभिल बैंकको शेयरमूल्य १० प्रतिशतसम्म बढेर कारोबार भएको छ । दुई घण्टाको कारोबारमा ११ समूह सहभागी भएका छन् । यी मध्य वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव २३ प्रतिशत बढेको छ । वित्त समूहपछि बैंकिङ समूहको १ दशमलव ५६ प्रतिशत , विकास बैंकको १ दशमलव ६४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन होटल समूह र जलविद्युत समूहको परिसूचक सर्वाधिक घटेको छ । होटलको ५ दशमलव ४९ प्रतिशत र जलविद्युतको ४ दशमलव ७९ प्रतिशत परिसूचक घटेको हो ।

प्रतिक्रिया