शनिबार, वैशाख १३, २०८२

अर्थ क्षेत्र चलायमान हुन नसक्दा समस्या

नेपालखोज २०७७ असोज ४ गते १६:०६

काठमाडौं । नेपाल महिला चेम्वर्सद्धारा आयोजित वेबिनार छलफलमा कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा परेको समस्याका बारेमा उद्यमी तथा व्यवसायी वीच छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा रहेका नेपाल चम्वर्स अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले विश्व अर्थतन्त्रमा कोभिड कै कारण धरासायी भएको र त्यसको असर नेपालमा पनि परेको बताएका छन् ।

उनले चैत्र ११ गतेदेखि भएको छ महिना लामो लकडाउनका कारण नेपालको मुख्य आर्थिक क्षेत्र पर्यटन, उद्योग, यातायात र रियलस्टेटको कार्य ठप्प भएको समेत बताए । जसका कारण आर्थिक क्षेत्र ऋणात्मक भएको समेत बताए ।

पर्यटन, यातायात ठप्प भएसँगै लकडाउनकै कारण कृषि क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्दै गएको उनको भनाई थियो ।

प्रतिक्रिया