बिहीबार, असार १९, २०८२

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

नेपालखोज २०८२ असार १८ गते ११:०४

त्रिवेणी (रुकुमपश्चिम) । चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् । गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया