एएफसी महिला एसियन कप छनोट : साम्बाको ह्याट्रिकमा नेपालकाे श्रीलंकामाथि ८–० को सानदार जित
नेपालखोज
२०८२ असार १८ गते २०:३५

काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकमा एएफसी महिला एसियन कप छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार तास्केन्दस्थित मिली रंगशालामा भएको खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकामाथि ८–० को सानदार जित निकालेकाे हाे ।
पहिलो हाफको इन्ज्युरी समयमा सविता राना मगरको क्रसमा सावित्राको हेडर गोलसँगै उनले ह्याट्रिक पूरा गरिन् र नेपालले पहिलो हाफमा ४–० को सशक्त अग्रता बनायो । दोस्रो हाफमा थप चार गोल गर्दै प्रतिस्पर्धामा एकतर्फी वर्चस्व गरेकाे थियाे ।
जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । श्रीलंका भने दोस्रो खेलमा पनि पराजित भयो । श्रीलंका पहिलो खेलमा उज्बेकिस्तानसँग १०–० ले पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया