एसीसी यु–१६ इस्ट जोन कप : टस जितेर मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल
नेपालखोज
२०८२ असार १९ गते ८:२१

काठमाडौं । नेपालले एसीसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेर बलिङ राेजेकाे छ ।
मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेर बलिङ रोजेका हुन् ।
समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल खेल खेलिरहेको छ ।
समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।
सम्बन्धित
प्रतिक्रिया