स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ

पर्सा । स्रोत नखुलेको नगद २८ लाख २७ हजार सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पकाहामैनपुर गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिल कुमार बर्णवाल, वीरगंज महानहरपालिका-३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बारा परवानीपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले अनिल कुमारलाई वीरगंज महानगरपालिका-१० मकालु चोकबाट ९ लाख ४७ हजार रूपैयाँ, बिनित कुमारलाई सोही महानगरपालिका-८ कृषी बिकास बैंक लिंकरोडबाट १५ लाख ८१ हजार रूपैयाँ र दिपक कुमारलाई सोही महानगरपालिका-१६ रजतजयन्ती चोकबाट ३ लाख रूपैयाँसहित पक्राउ गरेको हो ।
उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया