शुक्रबार, असार २०, २०८२

आगलागीबाट प्रभावितलाई राहत वितरण

नेपालखोज २०८२ असार १९ गते १२:५६

काठमाडाैं । नेपाल–भारत मैत्री सङ्घले बाजुराको बूढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा गत जेठ २३ गते भएको आगलागिबाट प्रभावित ४० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।

सुदूरपश्चिम प्रदेश मैत्री सङ्घको समन्वयमा पीडित परिवारलाई खाद्यान्न र अत्यावश्यक सामग्री बुधबार प्रदान गरिएको सङ्घका केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुरले जानकारी दिए । उक्त वडाका वडाध्यक्ष भवनसिंह केसीको उपस्थितिमा प्रत्येक परिवारलाई एक बोरा चामल, दुई केजी दाल, एक केजी चिनी, एक दर्जन नुहाउने साबुन, सरफ एक प्याकेट, कम्बल एक थान र त्रिपाल एक थान प्रदान गरिएको उपाध्यक्ष ठाकुरले जानकारी दिए ।

विपत्तिपछि प्रभावित परिवारको दैनिक जीवन सहज बनोस् भन्ने उद्देश्यसहित राहत सामग्री सहयोग गरिएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया