एसीसी इस्ट जोन कप विजेता टोलीका सदस्यलाई नगदसहित सम्मान
नेपालखोज
२०८२ असार २६ गते १४:०९

काठमाडौं । एसिसी पुरुष यु-१६ इस्ट जोन कप बिजेता नेपाली टीमका सदस्यहरुलाई खेलकुद परिषद लुम्बिनीले सम्मान गरेको छ ।
खेलकुद परिषद लुम्बिनीले बिहीबार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा एक कार्यक्रमको आयोजना गर्दै पुरुष यु-१६ क्रिकेट टीमका सदस्य दाङका शुभम खनाल, कपिलवस्तुका रौनक श्रीवास्तव र दाङका सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई अभिनन्दन गर्दै नगदसहित सम्मान गरेको हो ।
खेलकुद परिषद लुम्बिनीका सचिव तिरनदाज गौतमले शुभम खनाल र रौनक श्रीवास्तवलाई जनही १ लाख, सहायक प्रशिक्षक क्षेत्रीलाई ५० हजारसहित सम्मान गरिएको जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सम्पूर्ण देशबासीको शीर उँचो बनाएको भन्दै उपाधि जितेका खेलाडीको सम्मान स्वरुप लुम्बिनीबाट प्रतिनिधित्व गरेका खेलाडी र सहायक प्रशिक्षकलाई पुरस्कृत गरिएको उनले बताए ।
सम्बन्धित








प्रतिक्रिया