सातामा ४१ अर्ब ५८ करोड रुपैंयाँको शेयर किनबेच

काठमाडौं । यो साता लगानीकर्ताहरुको लागि सुखद बन्न पुगेको छ । नेप्से सुचक संगै कारोबार रकम पनि बढेकाकारण लगानीकर्ताहरुको लागि साता सुखद बन्न पुगेको हो । सो अनुसार सेयर बजार परिसुचक नेप्से यो साता २७ सय ३१ दशमलव ८० बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७२ दशमलव दुई बिन्दुमा कायम भएको छ ।
यो साता तीन सय १८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ६६ हजार चार सय ८६ पटकको कारोबारमा १० करोड ३८ लाख ५९ हजार एक सय ७८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४१ अर्ब ५८ करोड ५८ लाख ६३ हजार ७३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैंयाँले बढी हो । गत साता तीन सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए ।
जसअनुसार तीन लाख ९४ हजार दुई सय १६ पटकको कारोबारमा १० करोड १७ लाख ३८ हजार तीन सय ७५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३९ अर्ब ९३ करोड २३ लाख ८७ हजार चार सय ७२ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये दोस्रो र तेस्रो दिन ओरालो लागेको नेप्से परिसुचक बाँकी दिनहरुमा भने लगातार उकालो लागेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक दुई दशमलव ४० अंकले उकालो लागेर २७ सय छ दशमलव ३६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६७ अंकले ओरालो लागेर चार सय ६३ दशमलव ७९ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक २२ दशमलव ३५ अंकले ओरालो लागेर २६ सय ८४ दशमलव एक बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १३ अंकले ओरालो लागेर चार सय ५९ दशमलव ६६ बिन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक शुन्य दशमलव १४ अंकले ओरालो लागेर २६ सय ८३ दशमलव ८६ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव चार अंकले उकालो लागेर चार सय ५९ दशमलव ७० बिन्दुमा चढेको थियो ।
चौंथो कारोबार दिन बुधबार भने नेप्से परिसुचक २२ दशमलव चार अंकले उकालो लागेर २७ सय पाँच दशमलव ९० बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७६ अंकले उकालो लागेर चार सय ६४ दशमलव ४७ बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन बिहिबार पनि नेप्से परिसुचक २५ दशमलव ८९ अंकले उकालो लागेर २७ सय ३१ दशमलव ८० बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ५५ अंकले उकालो लागेर चार सय ७२ दशमलव दुई बिन्दुमा कायम रहेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा राधी जलबिद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा सानिमाई हाईड्रोपावर कम्पनी लिमिटेड, राधी जलबिद्युत कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३१८ ८७३९८ २७१३२३०८ ९५००००३२६८.९६
दोस्रो दिन ३११ ७१३१३ १९४१५६८८ ८३७७३२७१४७.७८
तेस्रो दिन ३०४ ५६२७६ १५०२७३७२ ६५७४१६६८१४.७३
चौंथो दिन ३१६ ६२८८४ १५८२२९७० ७४५१८७७१०२.१०
पाँचौं दिन ३१२ ८८६१५ २६४७०८४० ९६८२४८८७३९.८३
कुल ३१८ ३६६४८६ १०३८६९१७८ ४१५८५८६३०७३.४
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)








प्रतिक्रिया