सोमबार, पुष ७, २०८२

दोस्रो ‘बुढासुब्बा कप’को उपाधि भिजन स्पोर्ट्स क्लबलाई

नेपालखोज २०८२ असार ३० गते १९:५०

लिस्बन (पोर्चुगल) । धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो ‘बुढासुब्बा कप’ सेभेन ए साइड फुटबल प्रतियोगितााको उपाधि भिजन स्पोर्ट्सक्लबले हात पारेको छ ।

लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा ड्रिप सिटी ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै भिजन स्पोर्ट्स क्लबले दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि हात पार्न सफल भएको हो ।

उपाधि हात पारेसँगै क्लबले नगद पाँच हजार युरो, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता ड्रिप सिटीले दुई हजार ५०० युरो नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सो अवसरमा प्रतियोगिताका विजेता तथा उपविजेतालाई पोर्चुगलका लागि पूर्वपर्यटनदूत रमेशकुमार गुरुङले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा युरोपका विभिन्न मुलुकका नेपाली सङ्घसंस्था र क्लबका गरी २० टोलीको सहभागिता रहेको क्लबका संयोजक अरुण राईले बताए । -रासस

प्रतिक्रिया