सोमबार, पुष ७, २०८२

नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलियो

नेपालखोज २०८२ असार ३१ गते १८:३८

काठमाडौं । वर्षा बाधक बनेपछि नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलिएको छ । बङ्गलादेशको ढाकामा भारी वर्षा भएपछि यु-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलिएको हो ।

उक्त खेल नेपाली समयअनुसार अब ७ः४५ बजे हुनेछ । त्यसअघि ६ः४५ बजे हुने तालिका थियो । नेपाल अङ्क तालिकाको दोेस्रो स्थानमा छ भने श्रीलङ्का अन्तिम स्थानमा छ ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भयो त्यसैगरी श्रीलङ्का भने पहिलो जितको लक्ष्यमा छ ।

श्रीलङ्काले पहिलो खेलमा बङ्गलादेशसँग ९–१ को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो ।

प्रतियोगिताअन्तर्गत आजै बङ्गलादेश र भुटानबीचको पहिलो खेल पनि भारी वर्षाका कारण रोकिएको छ । उक्त खेल पहिलो हाफ सकिएपश्चात् सुरु हुन सकेको छैन । पहिलो हाफमा बङ्गलादेशले भुटानमाथि १–० गोलको अग्रता बनाएको छ । -रासस

प्रतिक्रिया