बुधबार, पुष ९, २०८२

३४ अंकले बढ्दा १४ अर्ब तीन करोडको शेयर किनबेच

नेपालखोज २०८२ असार ३२ गते १५:४९

काठमाडौं । नेप्सेको उच्च अंकले बृद्धिको साताको चौथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । नेप्से आज पुन ३४ दशमलव ६१ अंकले बढेर २७ सय ९४ दशमलव ७८ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३३० वटा कम्पनीको ९९ हजार पाँच सय पाँच पटकको कारोबारमा चार करोड ३१ लाख ११ हजार ४१६ पटकको कारोबारमा १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा व्यापार समूहको सूचक सात दशमलव ५५ अंकले घटेर बाँकी समूहहरुको सूचक उच्च अंकले बढेको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २३ दशमलव ७६ अंकले बढेर १५ सय १६ दशमलव ६० अंंकमा पुगेको छ भने बिकास बैंक समूहको सूचक पनि दुई सय २१ दशमलव ३० अंकले बढेर पाँच हजार नौं सय ४१ दशमलव ९९ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक पनि १९ दशमलव २९ अंकले बढेर २ हजार ५७१ दशमलव १२ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि ४६ दशमलव ३९ अंकले बढेर ३ हजार ६४६ दशमलव ७८ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक ८७ दशमलव ५३ अंकले बढेर १३ हजार २७६ दशमलव ३५ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि २३१ दशमलव ४८ अंकले बढेर १२ हजार ७३६ दशमलव १४ अंकमा पुगेको छ ।

यि बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः ४१ दशमलव ११, शुन्य दशमलव ५९, एक सय दशमलव ९०, ९४ दशमलव ९७, शुन्य दशमलव ३१ र सात दशमलव ८३ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी बैंकको ऋणपत्र परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माईखोला हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने बुटवल पावर कम्पनी परेको छ ।

प्रतिक्रिया