नेप्से २८ सय ७० बिन्दुमा, सातामा ५९ अर्ब ६३ करोडको कारोबार
सुखद दिशामा शेयर बजार

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति घोषणा र कार्यान्वयन सँगै शेयर बजार सुखद दिशामा गएको छ । सो अनुसार यो साता सेयर बजार परिसूचक नेप्से २८ सय ७० दशमलव ६३ बिन्दुमा कायम भएको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय दशमलव ४९ बिन्दुमा कायम भएको छ ।
यो साता तीन सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार चार लाख ९३ हजार १२ पटकको कारोबारमा १६ करोड १९ लाख ५७ हजार पाँच सय ४५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ५९ अर्ब ६३ करोड ४६ लाख ८२ हजार नौ सय ३६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १८ अर्ब रुपैयाँले बढी हो । गत साता तीन सय १८ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ६६ हजार चार सय ८६ पटकको कारोबारमा १० करोड ३८ लाख ५९ हजार एक सय ७८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४१ अर्ब ५८ करोड ५८ लाख ६३ हजार ७३ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये दोस्रो दिन ओरालो लागेको नेप्से परिसूचक बाँकी दिनहरूमा भने लगातार उकालो लागेको थियो । दैनिक शेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २९ अंकले उकालो लागेर २७ सय ६० दशमलव ८० बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव १६ अंकले उकालो लागेर चार सय ८१ दशमलव १९ बिन्दुमा चढेको थियो ।
दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसूचक ३५ दशमलव नौ अंकले ओरालो लागेर २७ सय २५ दशमलव ७१ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ८३ अंकले ओरालो लागेर चार सय ७४ दशमलव ३५ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन मङ्गलवार पनि नेप्से परिसूचक ३४ दशमलव ४६ अंकले उकालो लागेर २७ सय ६० दशमलव १७ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव चार अंकले उकालो लागेर चार सय ८१ दशमलव ४० बिन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन बुधवार पनि नेप्से परिसूचक ३४ दशमलव ६१ अंकले उकालो लागेर २७ सय ९४ दशमलव ७८ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८६ अंकले उकालो लागेर चार सय ८९ दशमलव २७ बिन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक ७५ दशमलव ८४ अंकले उकालो लागेर २८ सय ७० दशमलव ६३ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २२ अंकले उकालो लागेर पाँच दशमलव ४९ बिन्दुमा कायम रहेको थियो ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, राधी जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेका छन् भने सेयर कारोबार भएको सङ्ख्याको आधारमा सानिमाई हाइड्रोपावर कम्पनी लिमिटेड, राधी जलविद्युत कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३११ १०५४१५ ३२५९२०३० ११४१६४२८४६७
दोस्रो दिन ३२१ ७२६०१ २११०२५४० ८१७२१४३३२६.०७
तेस्रो दिन ३१७ ७४०५७ २६५१७२०९ ९४१९१६५८०७.८४
चौंथो दिन ३३० ९९५०५ ४३१११४१६ १४०३४८३९८८०.४९
पाँचौं दिन ३११ १४१४३४ ३८६३४३५० १६५९२१०५४५५.१७
कुल ३३० ४९३०१२ १६१९५७५४५ ५९६३४६८२९३६.५७
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)








प्रतिक्रिया