साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानविरूद्ध नेपालकाे सानदार जित
नेपालखोज
२०८२ साउन ३ गते १८:३९

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ९–० गोलको जित निकालेको छ ।
शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।
नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक गोल गरे ।
आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया