सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो
नेपालखोज
२०८२ साउन ९ गते ११:१०

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा २ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो ।
सम्बन्धित








प्रतिक्रिया