सोमबार, पुष ७, २०८२

एसिया कप : भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर १४ मा

नेपालखोज २०८२ साउन १० गते २१:५२

काठमाडाैं । एसिया कपमा भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर १४ मा हुनेछ । एसियाली क्रिकेट परिषद् (ACC) ले सामाजिक सञ्जाल प्लेटफर्म X मा यो जानकारी साझा गरेको छ ।

केही घण्टा अघि, एसीसी अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख मोहसिन नक्वीले प्रतियोगिता सेप्टेम्बर ९ देखि सेप्टेम्बर २८, २०२५ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने बताएका थिए ।

प्रतियोगितामा भारत, पाकिस्तान, युएई र ओमान समूह एमा छन् । समूह बी मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ छन्। यस पटक एसिया कप टी-२० फर्म्याटमा खेलाइनेछ । बीबीसी

प्रतिक्रिया