बुधबार, पुष ९, २०८२

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८२ साउन १३ गते ११:१३

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार तोलामा २ हजार २९५ रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया