३० अंकले बढ्दा १८ अर्ब ५२ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन सात दशमलव १० अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि ३० दशमलव ४९ अंकले बढेर तीन हजार एक दशमलव ८० अंकमा पुगेको छ ।
नेप्सेमा आज ३२१ वटा कम्पनीको एक लाख ५७ हजार पाँच सय २५ पटकको कारोबारमा चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार आठ सय ८५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सुचक १७ दशमलव ५७ अंकले बढेर १५ सय ५४ दशमलव ६३ अ्रंकमा चढेकोमा जलबिद्युत समुहको सूचक पनि १५ दशमलव ९४ अंकले बढेर तीन हजार नौं सय पाँच दशमलव आठ अंकमा पुगेको छ ।
जीवन बिमा समूहको सूचक पनि एक सय ३९ दशमलव ५१ अंकले बढेर १४ हजार दुई सय ५० दशमलव ६५ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ४५ दशमलव ३७ अंकले बढेर १३ हजार चार सय ९९ दशमलव ८४ अंकमा पुगेको छ ।
बिकास बैंक समूहको सूचक भने आज ३२ दशमलव ३६ अंकले घटेर छ हजार पाँच सय २४ दशमलव ९८ झरेकोमा फाइनान्स समूहको सूचक पनि दुई दशमलव ८६ अंकले घटेर २७ सय १४ दशमलव ७२ अंकमा झरेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा मुक्तिनाथ कृषि कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी कम्पनी परेको छ ।








प्रतिक्रिया