रेम्डेसिभिर औषधि निशुल्क उपलब्ध गराइने
नेपालखोज
२०७७ असोज ८ गते १९:४६
काठमाडौं । कोरोनाका गम्भीर बिरामीलाई रेम्डेसिभिर औषधि निशुल्क उपलब्ध गराइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरुले कोरोनाका गम्भीर बिरामीका लागि रेम्डेसिभिर औषधी निशुल्क उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
उनकाअनुसार यदि अस्पतालहरुले रेम्डेसिभिर औषधि व्यवस्थापन गरेर निशुल्क उपलब्ध भएको भए बिरामीलाई निशुल्क दिने र खरिद गरेको भए मन्त्रालयमा बिल लिएर दाबी गर्नुपर्ने छ ।
सम्बन्धित
प्रतिक्रिया