शनिबार, पुष ५, २०८२

कर्तव्य ज्यान मुद्दाका फरार युवक पक्राउ

नेपालखोज २०७७ असोज ९ गते १७:०८

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त मैतिदेवी बस्ने सिरहा विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर घर भएका २४ वर्षीय रवि कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७२ बैशाख १५ गते बिहान ललितपुर गोदावरी नगरपालिका ५ लेले फैडोल सामुदायिक वनमा सुनसरी ईटहरी नगरपालिका-४ भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मैतिदेवीबाट पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा घटनापश्चात यादव भारतस्थित बैङलोरमा लुकिछिपी बस्दै आएको समेत खुल्न आएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया