टप एन्ड टी–२० : पहिलाे खेल खेल्दै नेपाल
नेपालखोज
२०८२ साउन ३० गते ९:११

काठमाडौं । टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो खेल खेल्न लागेकाे हाे । खेल आज दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने एनटीको कप्तानमा केन रिचार्डसन छन् ।
त्यस्तै दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम नेपाली टिमबाट खेल्दैछन् । यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।
सम्बन्धित








प्रतिक्रिया