सोमबार, पुष ७, २०८२

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र सलहेश भिड्दै

नेपालखोज २०८२ साउन ३१ गते १२:१८

ताप्लेजुङ । अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलअन्तर्गत आज ललितपुरको चर्च ब्वाइज क्लब र सिरहाको सलहेश युवाक्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद सात लाख दुई हजार रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया