गज्जबको पिरो अबदेखि ५० रुपैयाँमा

काठमाडौं । बिगत लामो समयदेखि आफ्ना विभिन्न ब्राण्डका उत्कृष्ट चाउचाउ उत्पादन मार्फत् नेपाली तथा विदेशी बजारका उपभोक्तामाझ सेवा पुर्याउँदै आएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. को सर्वाधिक लोकप्रिय उत्पादन मध्य गज्जबको पिरो चाउचाउ एक हो ।
उपभोक्ताहरूबीच अत्याधिक रुचाईएको यो उत्पादन आज नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय बनेको छ ।
हालसम्म गज्जबको पिरो चाउचाउ २० रूपैयाँ मा प्रति प्याकेट उपलब्ध हुँदै आएको थियो । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले आजदेखि नयाँ तथा ठुलो प्याकेट, १२० ग्रामको गज्जबको पिरो चाउचाउ ५० रूपैयाँमा बजारमा उपलब्ध गराएको छ ।
यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउहरू भन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ भन्ने कम्पनी श्रोतको दाबी छ ।








प्रतिक्रिया