टप इन्ड टी-२० : मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल
नेपालखोज
२०८२ भदौ २ गते ६:३६

काठमाडौं । टप इन्ड टी-२० सिरिजमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी खेल नेपाली समयअनुसार अहिले बिहान सवा ७ बजे शुरु हुनेछ ।
नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हार बेहोरेकाे छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएकाे थियाे ।
नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ । मेलबर्नसमेत नेपाललाई पराजित गर्दै तालिकाको माथिल्लो स्थानमा उक्लन चाहन्छ ।
सम्बन्धित








प्रतिक्रिया