८०० रुपैयाँले बढ्यो सुनको मूल्य
नेपालखोज
२०८२ भदौ २ गते ११:११

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया