शुक्रबार, पुष ११, २०८२

उपसभामुखलाई हटाउने षडयन्त्रको सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

नेपालखोज २०८२ भदौ ३ गते १७:३८

काठमाडाैं । संघीय संसद्का विपक्षी दलहरुले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने षडयन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बिपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षडयन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले उपसभामुखलाई हटाउन नहुनेमा सवै बिपक्ष दलहरुबीच एकमत रहेको बताए । संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै उहाले यस्तो कदम राष्ट्रका लागि ठिक नभएको जिकिर गरे ।

त्यस्तै बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने सत्तारुढ दलको प्रयासका बारेमा छलफल भएको जानकारी दिए । उपसभामुखलाई हटाउने र संसदलाई कमजोर पार्ने सत्तारुढ दलको षड्यन्त्रको बिपक्षी दलहरु एक भएर प्रतिरोध गर्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया