टप इन्ड सिरिज : मेलबर्नविरुद्ध नेपाल ब्याटिङमा
नेपालखोज
२०८२ भदौ ४ गते ११:३८

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिज अन्तरगत आफ्नो चौंथो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।
डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा भरखरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यससँगै मेलबर्न रेनेगेड्स एकेडेमीले पहिला बलिङ गर्नेछ । नेपालले हालसम्म खेलको चार खेलमा एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
मंगलबार भएको आफ्नो चौथो खेलमा भने नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाइ ६६ रनले पराजित गर्दै विजयी भएको हो । आज नेपालले आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ ।
सम्बन्धित








प्रतिक्रिया