मंगलबार, पुष १, २०८२

राष्ट्र बैंकले २५ दिनको लागि बैंकिङ प्रणालीबाट तान्यो ३० अर्ब रुपैंयाँ

किन नियन्त्रणमा आउन सकेन अधिक तरलता ?

नेपालखोज २०८२ भदौ ४ गते १६:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन ३० अर्ब रुपैंयाँ तानेको छ । कर्जाको मागमा सङ्कुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज बुधवार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तानेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्ममा अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुने अवधि २५ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति भदौ २९ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो उपकरण बिक्री गरिएको हो ।

खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोको रूपमा समेत राख्ने सकिने छ ।

प्रतिक्रिया