बुधबार, पुष ९, २०८२

९.७० अंकले घट्दा पाँच अर्ब दुई करोडको शेयर कारोबार

नेपालखोज २०८२ भदौ ५ गते १५:४६

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेर रोकिएको छ । नेप्से आज पुन ९ दशमलव २२ अंकले घटेर २७ सय ५७ दशमलव ९७ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१९ वटा कम्पनीको ५६ हजार ८२४ पटकको कारोबारमा एक करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब दुई करोड एक लाख चार हजार ८१६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा निर्जीवन बिमा उपसमूहको सूचक १८ दशमलव २५ अंकले बढेर १२ हजार ३४८ दशमलव ८४ अंकमा चढेकोमा बाँकी समूहहरुको सूचक भने घटेका छन् । वाणिन्य बैंक समूहको सूचक एक दशमलव ६८ अंकले घटेर १४ सय ३५ दशमलव २२ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक ३८ दशमलव ३५ अंकले घटेर पाँच हजार ७७६ दशमलव २२ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक १३ दशमलव ७९ अंकले घटेर २४ सय ५४ दशमलव ४१ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक १९ अंंकले घटेर तीन हजार ५७५ दशमलव ३४ अंकमा झरेको छ ।

नेप्सेमा आज बिकास हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था सबैभन्दा बडी गुमाएको छ । नेप्सेमा आज बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया