शुक्रबार, असार २०, २०८२

उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

नेपालखोज २०७७ असोज ११ गते २१:२२

उदयपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका ७ मदनचोक डेरा गरी बस्ने झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी घर भएका ३५ वर्षीय किरण राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले बिहीबार ती बालिकालाई पैसाको प्रलोभनमा पारी ललाई फकाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया