बिहीबार, पुष ३, २०८२

कुटपिटबाट युवकको मृत्यु

नेपालखोज २०८२ भदौ ८ गते ११:४८

वालिङ (स्याङ्जा) । वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।

उनका अनुसार गएराति ११ बजे थापामाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका थापालाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएकामा हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा, चापाकोट नगरपालिका–५ काम्तीका २४ वर्षीय अनिल शाही रहेको चौधरीले जानकारी दिए । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया