१८ अंकले घट्दा छ अर्ब ५४ करोडको कारोबार
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से १८ दशमलव शून्य दुई अंकले घटेर २७ सय ३९ दशमलव ९५ अंकमा झरेको छ । यसै गरी वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शून्य छ अंकले घटेर चार सय ७१ दशमलव १९ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरूको ५८ हजार एक सय पाँच पटकको कारोबारमा एक करोड ४० लाख नौ हजार सात सय आठ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार तीन सय ३५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा उत्पादनमूलक समूहको सूचक १२ दशमलव शून्य नौ अंकले बढेर सात हजार पाँच सय ८० दशमलव ६८ अंकमा चढे पनि बाँकी समूहहरूको सूचक भने घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव ७४ अंकले घटेर १४ सय २२ दशमलव ४८ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ९७ दशमलव ८४ अंकले घटेर पाँच हजार छ सय ७८ दशमलव ३७ अंकमा पुगेको छ ।
फाइनान्स समूहको सूचक पनि १३ दशमलव पाँच अंकले घटेर २४ सय ४१ दशमलव ३५ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि ४२ दशमलव ८५ अंकले घटेर ३५ सय ३२ दशमलव ४९ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ५७ दशमलव १० अंकले घटेर १२ हजार नौ सय १२ दशमलव ७१ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ६२ दशमलव ६५ अंकले घटेर १२ हजार दुई सय ८६ दशमलव १९ अंंकमा झरेको छ ।
यी बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ४८ दशमलव ३५, शून्य दशमलव ८७, सात दशमलव ९६, शून्य दशमलव शून्य तीन, दुई दशमलव ७३ र आठ दशमलव शून्य पाँच अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा विकास हाइड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसै गरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्रा.ली परेको छ ।








प्रतिक्रिया