सुनको मूल्य सामान्य घट्यो
नेपालखोज
२०८२ भदौ ९ गते १०:५९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँ घटेर १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार ५ बढेर तोलामा २ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया