२१ अंकले बढ्दा झण्डै छ अर्बको शेयर किनबेच
नेप्सेमा करेक्सन

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन १८ दशमलव दुई अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २१ दशमलव ३० अंकले बढेर २७ सय ६१ दशमलव २५ अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १८ अंकले बढेर चार सय ७४ दशमलव ३८ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ६७ हजार एक सय ५७ पटकको कारोबारमा एक करोड आठ लाख ७७ हजार नौं सय ४२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार छ सय ५२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये उत्पादनमुलक समुहको सुचक चार दशमलव ५० अंकले घटेको छ भने सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य सात अंकले घटेको छ । यि बाहेक बाँकी समुहरुको सुचक भने बढेका छन् ।
ति मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ३६ अंकले बढेर १४ सय ३० दशमलव ८५ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ५३ दशमलव ९५ अंकले बढेर पाँच हजार सात सय ३२ दशमलव ३३ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि चार दशमलव ९४ अंकले बढेर २४ सय ४६ दशमलव ३० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ५४ अंकले बढेर तीन हजार पाँच सय ४४ दशमलव शुन्य तीन अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव ३५ अंकले बढेर १२ हजार नौं सय ८५ दशमलव शुन्य छ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ३८ दशमलव ९७ अंकले बढेर १२ हजार तीन सय २५ दशमलव १६ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ३१ दशमलव ८६, शुन्य दशमलव ३८, ७७ दशमलव १२, ७२ दशमलव ४८ र दुई दशमलव २२ अंकले बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आरबीबी म्युचुअल फण्ड १ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।








प्रतिक्रिया